भारतले पबजी सहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगायो
मकालु खबर
२०७७ भदौ १८ गते
काठमाडौं । भारत सरकारले चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । सीमाक्षेत्र लद्दाखमा दुई देशका सैनिकबीच झडप भएको एक साताभित्रै भारत सरकारले भारतमा अत्याधिक उपभोग हुने चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको हो ।
यसअघि जून महिनामा पनि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो । भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।
विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको छ । -एजेन्सी
मकालु खबर
२०७७ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित