भारतमा अहिलेसम्मकै उच्च संक्रमित थपिए, एकैदिन एक हजार बढीकाे मृत्यु
मकालु खबर
२०७७ भदौ १८ गते
काठमाडाैं । भारतमा पछिल्लाे २४ घण्टामा ८३ हजार ८८३ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
त्यहाँकाे केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा एक हजार ४३ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै त्यहाँ काेराेना संक्रमितकाे संख्या ३८ लाख नाघेकाे छ । संक्रमितमध्ये ६७ हजार ३७६ जनाकाे मृत्यु भएकाे छ ।
मन्त्रालयका अनुसार त्यहाँ ८ लाख १५ हजार एक्टिभ केस छ । ३० लाख मानिसहरू संक्रमणमुक्त भइसकेका छन् ।
मकालु खबर
२०७७ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित