मच्छिन्द्रनाथ रथयात्राः भीड हटाउन प्रहरीले हान्याे पानीकाे फाेहाेरा
मकालु खबर
२०७७ भदौ १८ गते
काठमाडौं । उपत्यकामा काेराेना भाइरस (काेभिड १९) संक्रमण बढेकाे अवस्थामा जारी निषेधाज्ञा ताेडेर राताे मच्छिन्द्रनाथकाे रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले पानीकाे फाेहाेरा हानेकाे छ ।
प्रहरीले हस्तक्षेप गरेपछि पुल्चाेकमा ढुंगा हानाहानकाे अवस्था सिर्जना भएकाे थियाे । केही प्रहरी घाइते समेत भएका छन् । स्थिति बिग्रँदै गएपछि प्रहरीले स्थानीयमाथि पानीकाे फाेहाेरा प्रहार गरेकाे हाे । अहिले भीड तितरवितर बन्न पुगेकाे छ ।
कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा रथयात्रा गर्न सकिएकाे थिएन । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन छ । त्यसकारण नागरिकहरूले निषेधाज्ञाकै बिच रथ तानेका हुन् । प्रहरीले सुरूमै भीडलाई राेक्न खाेजेकाे थियाे तर सकेनन् ।
मकालु खबर
२०७७ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित