ललितपुरमा बिहानैदेखि कर्फ्यू
मकालु खबर
२०७७ भदौ १९ गते
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको हो ।
कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा विहिबार मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो । स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो ।
निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए । शान्तिसुरक्षा र अमनचयन कायम राख्न कर्फ्यू जारी गरिएको जिप्रकाले जनाएको छ । कर्फ्यु आदेश राति १० बजेसम्म कायम रहनेछ ।
मकालु खबर
२०७७ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित