घरधनीको पीडा: ‘डेरावालाहरु फर्किँदैनन्, हामीलाई बैंकले छोड्दैन’

काठमाडौं । सबै मनिसको सोच हुन्छ, शहर बजारमा एउटा आफ्नो घर होस् । तर केही मानिसले मात्रै शहर बजारमा घर बनाउन सकेका हुन्छन् । शहर बजारमा घर बनाएर भाडामा लगाएर त्यसैको आयस्रोतले नै परिवार चलाउनेहरु पनि धेरै हुन्छन् ।

काठमाडौं उपत्यकामा घरभाडा छुट दिने विषय चर्चामा हुँदा घरधनीहरुले बैंकको लोन कसले तिर्छ भनेर विरोध जनाएका थिए भने स्थानीय सरकारले पनि कानूनमा घरभाडा छुट दिने कुनै व्यवस्था नभएको भनेर बताएका थिए ।

अहिले काठमाडौंबाट घर गएकाहरुले कोठामा आएर भाडा तिर्न नसकिने भनिरहेका छन् । काठमाडौंमा नै त्यतिकै बसिरहेकाहरु सबैको भाडा तिर्न सक्ने अवस्था छैन । काठमाडौंका असल र दुःख बुझेका घरधनीहरुले केही महिनाको घरभाडा छुट दिए भने, केही घरधनीहरुको आयस्रोत र घर चलाउने बाटो नै घरभाडा भएको बताउँछन् ।

काठमाडौं उपत्यकाका एक घरधनीले भने–‘कोरोनाको महामारी छ । टाढा घर भएकाहरु घर जान नसकेर कोठामा नै बसेका छन् । मेरो घरमा पनि टाढा घए भएका र रोजगारी गुमेकाहरु बसेका छन् । अब ती व्यक्तिहरुसँग कसरी घरभाडा माग्ने ?आफूले पनि बैंकबाट लोन लिएर घर बनाएको हो । बैंकले ऋण तिर्न बोलाइरहेको छ । घरमा बस्नेहरुसँग भाडा लिएर बैंकको किस्ता तिर्ने गरेको थिएँ । अहिले समस्या परेको छ ।’

सबै घरधनी उस्तै हुँदैनन् । काठमाडौंलगायतका अन्य शहरमा घर भएका कतिपय घरधनीहरुले भाडा छुट दिएका छन् । सबै घरधनीहरु घर भाडा छुट दिन सक्ने पनि हुँदैनन् । भाडामा बस्नेहरु कोरोना महामारीका कारण जागिर गुमाएर भाडा तिर्न सक्ने अवस्थामा छैनन् ।

उपत्यकाका अर्का घरधनीको पनि समस्या उस्तै छ । उनको रोजगारी गुमाएर पनि उनको घर भाडामा बस्नेहरुसँग भाडा मागेका छैनन् । उनले. कोठाभाडामा बस्नेहरुसँग कुरा गर्दा जागिर छैन । अहिले घरभाडा तिर्न सकिँदैन भनेर भाडामा बस्नेहरुले नै भनेकाले उनले भाडा मागेका छैनन् ।

उनी भन्छन् ‘कोरोनाले विश्वलाई नै रुवाएको छ । बैंकमा घर बनाएको लोन छ । बैंकले फोन गरे पनि चुपो लागेर बस्नुपर्ने अवस्था छ । कोरोनाको कारणले बन्द भएको ७ महिना भइसक्यो । भाडामा बस्नेहरुसँग पनि अलि अलि भएको पैसा पनि रासनमा खर्च गरेर सकाइसके अब उनीहरुले बिस्तारै भाडा तिर्छाैँ भनेका छन् । अब बिस्तारै तिर्लान् ।’

सबै घरधनीले भाडावालाको पीडा बुझ्दैनन् । केही घरधनीहरुले काम गुमाएर घर जान नसकी कोठामा बसेकाहरुसँग भाडा तिर्न दबाब दिरहेका छन् ।

यस संकटको समयम एकले अर्कालाई सहयोग गर्ने समय हो । यहीँ संकटका बेला विभिन्न व्यक्तिहरुले कोही भोकै नपरोस् भने पूड बैंकहरु पनि सञ्चालन गरिरहेका छन् । सरकारले गरेको लकडाउन्, सटडाउन् र निषेधाज्ञाको कारण सर्वसाधारणहरु रोगले भन्दा भोकले मर्ने अवस्था आएको छ ।

यो पनि पढ्नुस्

भाडावालाहरुले काठमाडौंका घरधनीलाई भन्न थाले–‘म आउँदिन, मेरो सामान जेसुकै गर्नु’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *