काेराेना संक्रमणबाट बुटवलमा थप एक जनाकाे मृत्यु
मकालु खबर
२०७७ भदौ १९ गते
बुटवल । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट बुटवलमा थप एक जनाकाे मृत्यु भएकाे छ ।
बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय सङ्क्रमित पुरुषको काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे । ती मृतक लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।
उनीमा भदाै ४ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । मधुमेह र उच्च रक्तचापको बिरामी समेत रहेका उनलाई नौ दिनअघि अस्पताल भर्ना गरिएको थियाे । भेन्टिलेटरमा राखेर उपचार गरिएकाेमा उपचारकै क्रममा उनकाे आज बिहान ९ बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
याेसँगै रुपन्देहीमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १२ पुगेको छ ।
मकालु खबर
२०७७ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित