खतिवडा बाहिरिएसँगै सेयर बजारमा निराशा
मकालु खबर
२०७७ भदौ २१ गते
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिएसँगै सेयर बजारमा निराशा छाएको छ । उनी बाहिरिए पछिको पहिलो दिन अर्थात आइतबारको बजारमा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको हो । सेयर बजारका लगानीकर्ताले नरूचाएका खतिवडा बाहिरिएसँगै सेयर बजारमा उछाल आउँछ भन्ने आम लगानीकर्ताको अपेक्षा रहेको थियो । तर ठ्याक्कै उल्टो भयो ।
आज बजार खुलेदेखि नै शेयर निरन्तर रुपमा ओरालो लाग्यो । अर्थात नेप्से परिसूचक १०.४५ अंकले घटेर १४९९.९७ अंकमा झरेको छ । दोहोरो अंकले घटेको आइतबारको बजारमा पौने तीन अर्बको सेयर कारोबार भएको छ ।
बजारमा १९१ कम्पनीको ७० लाख ३८ हजार ९ सय ९० कित्ता सेयर २ अर्ब ७८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आइतबार दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् ।
मकालु खबर
२०७७ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित