‘कोरोनाको महामारीमा हामीले साँवा र ब्याज दुबै मागेका छैनौं’ : अनिल केशरी शाह
काठमाडौं । कोरोनाको कारणले आर्थिक क्षेत्र सुस्ताएको छ । कोरोनाकै कारण देशमा लकडाउन, सटडाउन र निषेधाज्ञा विगत ६\७ महिनायता जारी छ ।
कोरोना माहामारीबीच पनि बैङ्कहरू सुचारु छन् । डिजिटल कारोबार गर्न केन्द्रीय बैङ्कले आग्रह गरिरहेको बेला बैंकले के गरिरहेको छ । हरेका क्षेत्रमा पछाडी रहेको नेपालका लागि कोरोनालाई एउटा अवसरको रुपमा लिएर काम गर्न सकिने नबिल बैङ्कका सीईओ अनिल केशरी शाह बताउँछन् ।
प्रस्तुत छ, कोरोनाले बैंक तथा वित्तीय क्षेत्रमा ल्याएको प्रभाव, वर्तमान अवस्था र भावी योजनालगायतका विषयमा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहसँग मकालु खबरका लागि राजाराम न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
कोरोना महामारीको समयमा बैंकले कसरी सेवा प्रदान गरिरहेको छ ?
हामीले कोरोनाको महामारी सुरु भएदेखि नै हाम्रा शाखा र प्रविधिको प्रयोगबाट प्रयोगकर्तालाई सेवा दिइरहेका छौँ । अहिले अत्यावश्यक वस्तु औषधिलगायत वस्तुहरु आइरहेका छन् । बैंकहरुले सेवा दिएकै कारण त्यस्ता वस्तुहरु आइरहेका छन् । विसं २०७२ सालमा गएको महाभूकम्पको बेला पनि राष्ट्र बैंकले बैंकहरुलाई सेवा दिउँ है भनेको थियो ।
हामीले त्यो बेला पनि बैंकहरु पनि अस्पताल जस्तै अत्यावश्यक हो भनेर सेवा दिएका थियौँ । हामीले यो कोरोनाको माहामारीको समयमा पनि सेवा दिरहेको छौँ । बैंक तथा वित्तीय संस्थाहरुले शाखाहरु खोलेर सेवा दिइरहेका नै छौँ । बैंक वित्तीय संस्थाहरु नखुलेको भए यो महामारीको नकारात्मक असर असर पर्थ्यो । हामीले जसरी भए पनि सेवा प्रवाह गरिरहेका छौँ र गरिनै रहनेछौँ ।
कोरोनाले बैंकिङ क्षेत्रलाई कस्तो असर पारेको छ ?
हाम्रो आन्तरिक टिम हेर्ने हो भने हामी पनि मान्छे नै हौँ । हामीलाई पनि कोरोना लाग्छ । हामी सुरक्षित हुँदाहुँदै पनि कोरोना लागिरहेको छ । हाम्रो शाखाका कर्मचारी र हाम्रो बैंकमा आएर सेवा लिने सेवाग्राहीहरुलाई हामीले स्वास्थ्यका मापदण्ड पूरा गराएर सुरक्षित बनाइरहेका छौँ ।
बैंकबाट लोन लिनेहरुको अवस्था कस्तो छ ?
गभर्नरले नै पछिल्लो समय तपाईँहरु नाफा नहेर्नुस् । तापईँहरु पनि बाँच्नुस् र तपाईँहरुको ग्राहकलाई पनि बचाउनुस् भन्नुभएको थियो । हामी त्यही गुरुमन्त्र लिएर अगाडि बढिरहेका छौँ । अहिले हामी कसरी बाँच्ने र हाम्रा ग्राहकलाई कसरी बचाउने भनेर काम गरिरहेका छौँ । कोरोना कति समय रहन्छ भनेर भन्न सकिने अवस्था छैन ।
बैंकबाट लोन लिएर उद्योग व्यवसाय सञ्चालन गरेकाहरुले अब हामी बन्द गर्नलाग्यौँ भन्छन् । हामीले ब्याज पनि मागेका छैनौँ, साँवा पनि मागेका छैनौँ भन्दा साँवा ब्याजको कुरा छोड्नुस्, हामीले ४ महिनादेखि भाडा दिन सकेका छैनौँ भनेर जवाफ दिन्छन् । उनीहरुले व्यापार व्यवसाय बन्द भएको कारण समस्या परेको बताउँछन् । लोन लिनेहरुले व्यवसाय बन्द गर्न लगेको साँवा र ब्याजले हैन घरधनीले भाडा लेऊ भनेर हो ।
पछिल्लो समय कोरोना संक्रमितहरु झन् वृद्धि हुँदै गएको देखिन्छ । यसको औषधि नआउने समयसम्म हामीले यसरी नै काम गरिरहनुपर्ने हुन्छ ।
लकडाउनमा डिपोजीटको अवस्था कस्तो छ ?
लकडाउन सुरु भएपछि डिपोजीट बढेको बढ्यै छ । बैंकलाई विश्वास गरेर घरमा पैंसा राख्नुभन्दा बैंकमा राख्नु सुरक्षित हो भनेर नै डिपोजीट वृद्धि भएको हो । बैंकिङ क्षेत्रले विश्वास कमाएको छ । ग्राहकले हामीलाई विभिन्न माध्यमबाट चाहेको बेला पैसा दिन्छ भनेर विश्वास गरेका छन् । त्यही कारणले पनि डिपोजीट गर्नेहरुको संख्या वृद्धि भएको हो ।
राष्ट्र बैंकले बैंकहरुलाई यो महामारीको बेला के गर्यो भने सहज हुन्छ ?
राष्ट्र बैंकले असर मसान्तसम्मको ब्याज नलिनु भनेको थियो । त्यसपछि सबै ग्राहकलाई २ प्रतिशत ब्याज घटाइदिनु भनेको थियो । यस वर्षको मौद्रिक नीतिले पनि बैंकिङ क्षेत्रका लागि धेरै राहत दिएको छ । हाम्रो भनाइ भनेको बैंकले मात्रै राहात दिएर अर्थतन्त्र राम्रो बनाउन सकिँदैन भन्ने हो । बैंकले पनि साथ दिनुपर्छ र हामीले पनि दिएका छौँ ।
सरकार र निजी मिलेर सबै क्षेत्रलाई माथि उठाउन र यो कोरोना महामारीलाई अवसरको रुपमा लिएर आर्थिक क्रान्ति गर्न सबै मिलेर काम गर्ने बेला आएको छ ।
तपाईँले सरकार र निजी क्षेत्र मिलेर गुरु योजना बनाउ भन्नुभयो यो कस्तो हो ?
अहिले उद्योग, व्यापार गर्नेहरु नै उद्योग र व्यापार बन्द गर्ने अवस्थामा पुगिसकेका छन् । नेपाल सरकारको अर्थ मन्त्रालय, अर्थसँग जोडिएकाहरु मन्त्रालय, योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल बैंकर्स संघलगायत मिलेर गुरु योजना बनाउ र त्यही गुरु योजना अनुसार काम गरौँ । गुरु योजनाले नेपालको समग्र अर्थतन्त्रलाई माथि उठाउने काम गर्छ । कोरोनाको कारणले विदेशबाट नेपाल फर्किएका नेपालीहरुले पनि रोजगारी पाउँछन् ।
देशमा बेरोजगारहरुको समस्या पनि सामाधान हुन्छ । नेपालीले नै उत्पादन गरेको वस्तुले व्यापार घाट काम गर्न पनि सहयोग गर्छ । गुरु योजनाले देशलाई अर्थतन्त्रमा बलियो बनाउँछ । गुरु योजना बनाउन ढिला भइसकेको छ । यसलाई जति सक्यो चाँडो गर्नुपर्छ ।
गुरु योजना बनाउन ढिला भइसक्यो भनुभयो नि ? कति समय अगाडि हुनुपर्यो यो काम ?
हो हामीले कोरोना महामारी सुरु भएको ४ महिनामा नै गुरु योजनाको काम सुरु गर्नुपथ्र्यो । सबै क्षेत्र एकै ठाउँमा बसेर गुरु योजना बनाउँदा त्यसले सबै क्षेत्रलाई समेट्छ । यो कुनै एउट क्षेत्र मात्रै बसेर हुँदैन सबै क्षेत्रको बस्नुपर्छ । कोरोनाले हामीलाई एउटा मौका दिएको छ । यो मौकालाई चौकामा बदल्न सकियो भने भोलिका दिनमा कोरोनाले जुराएको अवसर भनेर भन्न सकिन्छ । केही गरिएन भने अझ अन्धकार हुँदै जान्छ ।
विदेशबाट कोरोनाको कारण लाखौं युवा नेपाल फर्किने अवस्थामा छन ? यसका लागि कृषिलगायतको क्षेत्रका लगानी गर्न नविल बैंकले के गरिरहेको छ ?
हामीले कृषि लोन मात्रै हैन । नारी र युवा लोन पनि दिरहेका छौं । म नविल बैंकको सिइओ भएकोले नविल बैंकलाई विश्वास गरेर डिपोजीट गर्नुभएको छ । त्यो पैसालाई सुरक्षित गर्ने मेरो पहिलो दायित्व हो ।
मैले लोन दिँदा सबै क्षत्रमा सर्वप्रथमः दिएको लोनको साँवा र ब्याज आउँछकि आउँदैन भनेर हेर्ने हो । पैसा मेरो हैन, बैंकको प्रोमेटरको पनि पैसा हैन । त्यो पैसा बैंकलाई विश्वास गरेर डिपोजीट गरेर राखेका हुन । हामी नेपाल सरकार त हैन नि पैसा लिएर फर्काउन पर्दैन भन्ने हैन । कसैले बैंकबाट लोन लिएर टमाटर खेती, बाख्रा पालन, माछा पालन र कृषि गर्छु भन्छ भने, हामीले के सोध्छौँ भने यो लोन लिइसकेपछि बिऊ, मल, पानी कहाँबाट पाउनुहुन्छ ? सबै कुरा राम्रो भएपछि बजार कहाँ छ ? बजार नै छैन भने हामीले कहाँबाट पैसा दिने ?
गुरु योजना निर्माण भयो भने त्यसले कृषिमा कति लगानी बढाउँछ ?
गुरु योजनाले सबैभन्दा धेरै लगानी कृषिमा नै गर्छ । कृषिमा लगानी वृद्धि हुँदा त्यसले विदेशबाट कृषि उपजहरु रोक्छ र देशको उत्पादनले नै धान्छ । सबै क्षेत्र मिलेर अब विदेशी उत्पादन आउँदैन । नेपालकै उत्पादनले बजार पाउँछ र बजारको माग धान्छ भन्ने हुन्छ । यो त एक्लैले भनेर सम्भव छैन ।
मेरो बैंकमा नेपालीले डलर आर्जन गर्न खाता खोल्न सकुन् । नेपालको उत्पादनले विश्वभर फैलिएर नेपालीले विदेशी डलर आर्जन गरुन् भन्ने हो । कृषि सबैका लागि आकर्षण बन्नुपर्छ । यो सबै कुरा गुरु योजनाले समेट्छ ।
कर्मचारी र ग्राहकलाई कोरोनाबाट सुरक्षित राख्न के के सतर्कता अपनाउनु भएको छ ?
बैंकहरुमा पनि अहिले कोरोनाका केसहरु देखिरहेका छन् । बैंकले सर्तकता अपनाएको छ । बैंकमा प्रवेश गर्दा सेनिटाइजर, तापक्रम परीक्षणदेखि लिएर मास्क लगाउने र सामाजिक दूरी पालना गराउने हामीले गरिरहेका छौँ । बैंकका कर्मचारीमा पनि यी निर्देशन छ । तर रोगबाट आत्तिएर मात्रै भएन ।