आफ्नै जिल्ला प्रवेश गर्न नागरिकलाई सकस, समन्वयमा जनप्रतिनिधिको आनाकानी

  • सुजाता लिम्बु

विराटनगर । संखुवासभाका ३० वर्षीय हरिराम कटुवाल २ वर्ष अगाडी वैदेशिक रोजगारीका लागि साउदी पुगे । धन कमाउने आशामा परदेशिएका कटुवालको केहि समय कमाई राम्रैसँग चलिरहेको थियो । तर महामारीका रूपमा फैलिएकाे काेराेना भाइरस कारण उनको चलिरहेको काम रोकियो ।

काम रोकिएसँगै कम्पनीले उनको पारिश्रमिक पनि रोकिदियो । खर्च अभावका कारण कयाैँ दिन भोकै बस्नु परेको अनुभव उनी सुनाउँछन् । उनले भने, ‘कारोना भाइरस रोकथामका लागि लकडाउन गरियाे । काम ठप्प नै भयो । ७ महिनासम्म रुममा नै सुतेर बसियो । त्यतिन्जेल कम्पनीले खान दिएन, भोकले मरिने रहेछ भनेर घरबाट पैसा मगाएँ ।’

काम नै ठप्प भएपछि परदेशमा उनीसँग एउटा मात्रै विकल्प थियाे, आफ्नै देश फर्किने । उनी र उनका केहि साथीहरुले अर्काको देशमा भोकै मर्नुभन्दा आफ्नै देशमा केहि गर्ने सोच बनाएर नेपाल फर्कने निधो गरे । लामो समय रोकिएको उनीहरुको पारिश्रमिक नेपाल फर्कने समय दिइएको थियो । ‘त्यो कम्पनीले दिएको पैसा पनि प्लेन भाडा, होटल क्वारेन्टाइनका लागि बुकिङ खर्चमा साउदी हुँदा नै गाेजी रित्तिसकेको थियोे । म र मेरो साथी त एक रुपैयाँ बिना नै काठमाडाैं आइपुगेका थियौँ’, उनले दुःखेसाे पाेखे ।

आफ्नै देश परदेश लाग्यो

तेश्रो मुलुकका विभिन्न देशहरु पछिल्लो समय नेपाली युवाहरुको ‘धन कमाउने, सुखमा रमाउने सपना पुरा गर्ने’ गन्तव्य बनेको छ । धन कमाउने, परिवारसँग सुखले रमाउने सपना बुनेर विदेशी मोटोमा पसिनाको खेति लगाउन साउदी पुगेका हरिरामको सोचेको जस्तो सपना पुरा भएन ।

साहूसँग ऋण खोजेर साउदी पुगेका उनी ऋण तिर्न नपाउँदै नेपाल फर्कन बाध्य बने । उनी ८ दिन अगाडी साउदीबाट काठमाडाैं आए । काठमाडाैं आएको ३ दिनमा उनको कोरोना जाँच भयाे । केहि दिन पश्चात् उनको कोरोना रिपाेर्ट नेगेटिभ आयाे । साथीसँगै उनी पनि घर फर्कने तयारीमा जुटे ।

घर फर्कने समय होटलमा बसेको, खाएको पैसा तिर्न नसकेर घरबाट नै पैसा पठाएर बिल तिरेको उनले बताए । हरीराम र उनका साथी काठमाडाैंबाट जिल्ला फर्कने क्रममा २० गते शनिबार १२ बजे राती शंखुवासभा, धनकुटा जोड्ने केवा खोला चेक पोष्टमा आफूसँग पिसिआर रिपोर्ट हुँदा पनि रोकेर जिल्ला प्रवेश गर्न नदिएको र त्यो रात गाडीमा नै बिताउन परेको उनले मकालु खबरसँग बताए ।

हरिरामले खाँदबारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कुमार कटुवाललाई उक्त समस्याबारे जानकारी दिन खोज्दा फोन रिसिभ नभएको उनले बताए । उनी भन्छन्- ‘कोरोना महामारीले मानवता नै हराएछ, आफ्नै गाँउ आउँदा पनि यहाँका मान्छेले गरेको व्यवहारले त आफ्नै जिल्ला पनि परदेश झैँ लाग्यो ।’

यता वडाध्यक्ष कुमार कटुवालले पनि हरीरामले राती आफूलाई फोन गरेको स्वीकारेका छन् । उनी निदाएको अवस्थामा फोन आएकाले आफूले फोन आएको थाहा नपाएको र बिहान हरिराम र उनीसँग आएका साथीलाई सम्पर्क गरेर समन्वय गरेको वडाध्यक्ष कटुवालले बताए ।

वडाध्यक्ष कटुवालले भने, ‘उहाँले काठमाडाैंबाछ  नै पीसीआर जाँच गराएर आउनुभएकाले घर परिवारसँग सम्पर्क गरेर उहाँलाई होम क्वारेन्टाइनमा नै राखिएका छौ, समय,समय हामी उहाँको अवस्था बुझने उहाँको घर नै जान्छौ । कटुवालको अनुसार भनाई अनुसार हालसम्म वडास्तरिय नगरपालिकास्तरमा बरुण बहुमुखी क्याम्पसमा मात्रै क्वारेन्टाइन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *