प्रधानमन्त्री ओली र उद्योग व्यवसायीहरुबीच बालुवाटारमा छलफल
मकालु खबर
२०७७ भदौ २१ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका व्यवसायीहरूसँग बालुवाटारमा छलफल शुरू गरेका छन् ।
आइतवार साँझ ६ बजेदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल शुरू भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावका बारेमा सुझाव र परामर्शका लागि बैठक आयोजना गरिएको छ । बैठकमा निजी क्षेत्रका व्यवसायी, उद्योगी र त्यस सम्बद्ध अधिकारीहरू सहभागी छन् ।
मकालु खबर
२०७७ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित