राजस्व संकलनका लागि राष्ट्र बैंकले सबै बैंकको काउन्टर खोल्न दियो निर्देशन
मकालु खबर
२०७७ भदौ २२ गते
काठमाडौं । राजस्व संकलनको अन्तिम समय आउनै लाग्दा राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाका शाखा खोल्न निर्देशन दिएको छ ।
यस अघि सरकारले कोरोना महामारीको कारण देखाउँदै सिमित शाखा मात्रै खोल्न दिएको थियो । राजस्व उठाउनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका, सम्पूर्ण राजस्व शाखा तथा काउण्टर खोल्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले यहि भदौ २३ गतेदेखि २५ गतेसम्म ३ दिनका लागि राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण शाखा खोल्न निर्देशन दिएको हो । नेपाल क्लियरिङ हाउस लिमिटेडलाई पनि खुला गर्ने व्यवस्था गर्न भनेको हो ।
मकालु खबर
२०७७ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित