सुनको मुल्य घट्यो,यस्तो छ आजको मुल्य

काठमाडौं । सोमबार स्थिर रहेको सुनको मुल्यमा मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९६ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । मंगलबार चाँदीको मुल्य तोलामा १० रुपियाँले घटेर १ हजार ३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *