घरभाडा र बैंकको ब्याज मिनाहा गर्न सरकारसँग माग

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले व्यापार बन्द भएको कारण घरभाडा र बैंकको ब्याज मिनाहा गर्न सरकारसँग माग गरेको छ । सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा र बैंकको ब्याज मिनाहा माग गरेको हो ।

महासङ्घकाले मंगलबार विज्ञप्ति जारी गरी झण्डै ६ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेको हो ।

लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन पनि महासङ्घकाले माग गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *