कोरोना खोप निर्माणमा धक्का, अक्सफोर्डले रोक्यो परीक्षण

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिनमा सफलता हासिल गर्न लागेको भनेको बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाएको भ्याक्सिनको परीक्षण रोकिएको छ ।

परीक्षणमा सहभागी एक जना बिरामी परेपछि खोप विकास गर्ने अक्सफोर्ड विश्वविद्यालय र उत्पादक कम्पनी एस्ट्राजेनेका परीक्षण रोक्न बाध्य भएको हो । विश्वका अन्य खोपमध्ये यसप्रति बढी अपेक्षा गरिएको थियो तर, परीक्षण गरिएका व्यक्ति नै बिरामी परेपछि खोप निर्माणमा ठूलो धक्का पुगेको छ ।

विश्वमा अहिले ११ ठाउमा कोरोनाविरुद्धको भ्याक्सिनहरुको क्लिनिकल ट्रायल भइरहेकोमा एस्ट्राजेनेका र अक्सफोर्डको यो भ्याक्सिन सबै भन्दा अगाडी रहेको बताइदै आएको छ । अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ताले यति ठुलो ट्रायलमा विरामी हुने सम्भावना रहन्छ तर अब यसलाई विशेष ध्यान दिएर जाँच गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया