चितवनका थप २१ जनामा कोरोना संक्रमण पुष्टि
मकालु खबर
२०७७ भदौ २४ गते
चितवन । चितवनमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा चितवन घर भएका २१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
भरतपुर अस्पताल र मेडिकल कलेजले मंगलबार परिक्षण गरेको रिपोर्ट बुधबार सार्वजनिक गरेको हो । जसमध्ये भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा ११ जना र मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
भरतपुर महानगरपालिकाका मात्रै १८ जना, माडी नगरपालिकाका २ जना र राप्ती नगरपालिकाका १ जनामा संक्रमण देखिएको हो । दुबै प्रयोगशालामा गरिएको परिक्षणमा जिल्ला बाहिरका ५ जनालाइ कोरोना देखिएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा २५७ वटा र मेडिकल कलेजको प्रयोगशालामा ९४ वटा नमुना परिक्षण गरिएको थियो ।
मकालु खबर
२०७७ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित