एनआईसीको भाइबर क्विजमा सहभागी भई पुरस्कार जितौं

काठमाडौं । एनआईसी एशिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण एनआइसी एसिया क्विज योजना सार्वजनिक गरेको छ । यस बैंकका ग्राहक तथा अन्य महानुभावहरूले यस बैंकको भाइबर कम्युनिटी मार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्नेछन् ।

यस मार्फत भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरूले दिनुपर्नेछ । यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरू मध्येबाट सहभागी महानुभावहरूले आफ्नो सामान्य जानकारी सहित आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ ।

यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्नुहुने र जति धेरै सही जवाफ दिनुहुन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्नेछ भने बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको छ ।

यस योजनामा सहभागी भई सही जवाफ दिनुहुने एक जनालाई रिर्चाजरको तर्फबाट बम्पर पुरस्कारस्वरुप आकर्षक स्मार्टफोन प्रदान गरिने बैंकले जनाएको छ । त्यसैगरी पालसोनिको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रदरहुड ईन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, ईलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यसुडाकोे तर्फबाट इलेक्ट्रोनिक राइस कुकर १–१ जनालाई प्रदान गरिनेछ ।

साथै सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिनुहुने ५ जना भाग्यशालीलाई एलजिको तर्फबाट आकर्षक उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई रू. ५०० बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया