निषेधाज्ञा खुकुलो बनाउँदै सरकार, भोलिदेखि यातायात र व्यवसाय खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै भोलिदेखि यातायातका साधन, व्यापार र व्यवसाय खोल्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यलया काठमाडौंले सो निर्णय गरेको हो ।
बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार यातायात, व्यापार र व्यवसाय सञ्चालन हुने भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञाले बन्द रहेका धेरै क्षेत्र खोल्ने निर्णय भएकोे बताइन् ।
काठमाडौंमा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल बिहान ११ बजेसम्म तथा साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरेर यातायात जोरबिजोर प्रणाली खुल्ने भएको हो । काठमाडौं उपत्यकामा भोलिदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय पनि भएको छ ।