अब अनलाइन कक्षाको शुल्क तिर्नुपर्ने, अभिभावकलाई भने समस्या
मकालु खबर
२०७७ भदौ २५ गते
काठमाडौं । जिनी विद्यालयमा विद्यार्थी पढाउने अभिभवकले अनलाइन कक्षाको शुल्क तिर्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयले बिहिबार जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिन पाउने बाटो खुला गरिदिएको हो ।
‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’ निर्देशिकामा भनिएको छ । यसअघि शिक्षा मन्त्रालयले अनलाइन शिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो ।
कोरोनाको कारणले रोजगारी गुमाएका अभिभावकलाई भने समस्यामा पर्ने भएको छन् । कोरोनाको कारणले खान नै समस्यामा परेको अभिभावकहरुले अनलाइबाट आफ्नो छोराछोरीको शिक्षा लिदा शुल्क तिर्नु पर्ने भएको हो ।
मकालु खबर
२०७७ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित