के तपाईँ आफ्नो भविष्यबारे जान्न चाहनुहुन्छ ? मकालु खबरमा हुँदैछ कुण्डली विश्लेषण (समयसहित)


काठमाडौं । ‘ताजा, सुलभ र निष्पक्ष’ भन्ने मूल नाराका साथ स्थापना भएको मकालु खबर डटकममा आज (सोमबार) देखि नियमित रुपमा कुण्डली विश्लेषण हुँदैछ ।
जनचाहनाको सम्बोधन गर्दै आज साँझ ७:३० बजेदेखि कुण्डली विश्लेषण कार्यक्रम सुरु गर्न लागिएको हो ।
यदि तपाईँ पनि भविष्यबारे जानकार रहनका लागि आफ्नो कुण्डली विश्लेषण गर्न चाहनुहुन्छ भने मकालु खबरको आधिकारिक फेसबुक पेज Makalu Khabar मा जोडिन सक्नुहुनेछ । तपाईँकाे कुण्डली विश्लेषण साताकाे प्रत्येक साेमबार ७:३० बजे ज्याेतिषी दुर्गा प्रसाद भण्डारी (ज्यो.डिपी उपाध्याय) ले गर्नेछन् ।
साथै डिजिटल सञ्चार माध्यमबाट आम जनतालाई निष्पक्ष, सत्यतथ्य सूचना र घटना क्षणभरमै विश्वभर पुर्याउने उद्देश्यसहित सञ्चारको क्षेत्रमा पृथक भूमिका निर्वाह गर्दै आएको मकालु खबरमार्फत् देश–दुनियाँका दिनभरका खबरहरु पनि तपाईँ यसको फेसबुक पेज, ट्वीटर र युट्युब च्यानलबाट हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ ।
