‘महाधिवेशनको तीव्र गृहकार्य गर्दैछौँ’

२०७७ भदौ ३१ गते

नेकाकी सांसद डिला संग्रौला। फाइल फोटो।
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले आफूहरु महाधिवेशनको तीव्र गृहकार्यमा जुटेको बताएकी छन ।
बुधबार (आज) मकालु खबरसँग कुराकानी गर्दै आफूहरु १४औं महाधिवेशनको गृहकार्यमा जुटेको बताइन् ।
“हामी महाधिवेशनको गृहकार्यमा जुटेका छौँ । भर्च्यूअल रुपमा भए पनि दिनुहुँ बैठक बसिरहेका छौँ ।” उनले भनिन्, ‘४ वर्षमा हुनुपर्ने हाम्रो महाधिवेशन अझै भएको छैन । हामी निचोडमा पुग्नेगरी छलफलमा जुटिरहेका छौँ ।’
यस्तै उनले फागुन पहिलो हप्ताको मिती प्रभावित भए पनि त्यसपछि थपिएको ६ महिनाको समयभित्र भने महाधिवेशन हुने बताइन् ।
कांग्रेसले ४ वर्षमा गर्नुपर्ने महाधिवेशन मुलुक संघीयतामा गएकाले सबै संरचना बनाउन नसकिएको भन्दै विधानअनुसार १ वर्ष समय लम्ब्याएको थियो ।
आगामी ७ फागुनमा हुने भनिएको महाधिवेशनको मिती पनि प्रभावित भइसकेको छ ।

२०७७ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित