एनआईसी एशिया बैंकले आश्विनसम्मको सबै रकम चुक्ता गरे ब्याजदर घटाउने

काठमाडौं । भाका नाघेका कर्जाहरूको आश्विनसम्मको सबै रकम चुक्ता गरे ब्याजदर घटाउने भएको छ । २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाका नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने बैंकले जनाएको छ ।

बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरुले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको उक्त निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै सो को अलावा २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम सोही मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुहुने ग्राहक महानुभावहरूको उक्त कर्जाको तत्कालिन ब्याजदरलाई १ श्रावण २०७७ देखि लागू हुने गरी ९.९९ प्रतिशत बैंकले कायम गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३ सय २६ शाखा कार्यालयहरू, ४ सय ६७ एटिएम, १ सय २ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

प्रतिक्रिया