सौर्य एयरले असोजको दोस्रो साताबाट सेवा सुचारु गर्ने
काठमाडौँ । साैर्य एयरले असाेजकाे दाेस्राे साताबाट सेवा सुचारू गर्ने भएकाे छ । असोजको दोस्रो साताबाट ट्रंक रुटमा पाँचवटा गन्तव्यमा सेवा सुरू गर्न लागिएकाे एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जानकारी दिएका हुन् ।
अध्यक्ष पाेखरेलका अनुसार अहिले एयरलाइन्सको दैनिक गन्तव्य झापाको चन्द्रगढी एउटा, विराटनगर तिन वटा, भैरहवादुई वटा, नेपालगञ्ज दुई वटा र धनगढीमा दुई वटा वटा गरि दैनिक दश वटा उडान हुनेछ । एयरलाइन्सले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न लागेकाे हाे ।
सौर्य एयरसँग यसअघि क्यानडाको बम्बार्डियर कम्पनीका सिआरजे २०० जेट इन्जिनका दुईवटा जहाज सञ्चालनमा थिए । लकडाउनको अवधिमा एयरलाइन्सले अर्को ५० सिटर त्यस्तै जहाज भित्र्याएको छ । साथै चाँडै नै थप चार वटा एटिआर विमान भित्र्याएर आफ्नाे बजार बिस्तारको लागि अझ आक्रामक रुपमा अघि बढ्ने अध्यक्ष पोख्रेलकाे भनाइ छ ।