रहेनन् कीर्तिमानी ‘हिम चितुवा’
मकालु खबर
२०७७ असोज ५ गते
काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ ।
नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार आङरिताको सामेबार (आज) बिहान १० बजे निधन भएको हो ।
उनका अनुसार आङरिताको निधन जोरपाटीस्थिति आफ्नो छोरीको घरमा भएको छ । शेर्पा लिबर र ब्रेन सम्बन्धी समस्याबाट ग्रसित थिए ।
शेर्पाले १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेर कीर्तिमान राखेका थिए ।
उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने आङछिरिङ शेर्पाले जानकारी दिए ।
मकालु खबर
२०७७ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित