ताप्जेजुङकी ३७ वर्षकी महिलाकाे काेराेनाबाट मृत्यु
मकालु खबर
२०७७ असोज ५ गते
कोरोना संक्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ ।
ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए । उच्च रक्तचाप र कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।
उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ ।
मकालु खबर
२०७७ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित