व्यवसायीहरू हारगुहार गरिरहेछन्, सरकार किन कानमा तेल हालेर बसेको हो ?
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले लामाे समयदेखि चीनबाट आयात गर्न लागिएका सामान सीमामै राेकिँदा पनि भित्र्याउन कुनै पहल नगरेकाे भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले सामान सीमामा राेकिँदा चाडबाडकाे मुखमा व्यवसायीहरूलाई नाेक्सान भइरहेकाे र यत्रतत्र हारगुहार गर्दा पनि सरकार किन कानमा तेल हालेर बसेकाे हाे ? भन्दै प्रश्न समेत गरेका छन् ।
‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ,’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘ व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् ! सरकार किन कानमा तेल हालेर बसेको हो ?’
छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ।व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन्!सरकार किन कानमा तेल हालेर बसेको हो? pic.twitter.com/I2v5EBDLcZ
— Baburam Bhattarai (@brb1954) September 22, 2020