काठमाडौंमा थपिए ४९२ संक्रमित, भक्तपुर र ललितपुरमा कति थपिए ?

काठमाडाैं । पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ६३७ काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् ।

काठमाडाैंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

याेसँगै उपत्यकामा कुल संक्रमित संख्या १७ हजार ९३७ पुगेकाे छ । जसमध्ये काठमाडाैंका १४ हजार ६६४, ललितपुरका एक हजार ६८३ र भक्तपुरका एक हजार ५९० रहेका छन् ।

बुधबार देशभर थप एक हजार १७२ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया