वामदेव गौतमलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधिश डा. आनन्दमोहन भटराईको एकल इजलाशले रिटको सुनुवाइ गर्दै कारण देखाउ र अन्तरिम आदेश जारी गरेको हो ।

‘विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टु्गों नलागेसम यो विषयलाई यथास्थितिमा राख्नु आवश्यक देखिँदा विपक्षी नम्बर ५ (बामदेव गौतम) को हकमा थप संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९(२)(ख) बमोजिम विपक्षीहरुको नाउँमा यो अन्तरिम आदेश जारी गरिएको छ’ आदेमा भनिएको छ ।

वरिष्ठ अधिवक्ता डा। दिनेश त्रिपाठीले प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमको राष्ट्रियसभामा नियुक्ति असंवैधानिक भन्दै नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा सोमबार रिट दायर गरेका थिए ।

प्रतिक्रिया