वाग्मती सरकारले सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब ऋण दिने
मकालु खबर
२०७७ असोज ८ गते
मकवानपुर । वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण लगानी गर्ने भएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधिसमेत पारित गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।
मकालु खबर
२०७७ असोज ८ गते
प्रतिक्रिया
सम्बन्धित