एउटै वडाका ४४ सहित चितवनमा थपिए १४० संक्रमित

चितवन । चितवनमा थप १४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो पोजेटिभ संख्या एकैदिन परीक्षण गरिएकोमा अहिले सम्मकै दोस्रो उच्च संख्या हो । यसअघि चितवनमा एकैदिन २०२ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकामध्ये ७४ जना रत्ननगरका मात्र छन् । त्यसमा पनि रत्ननगर १४ का ४४ जना हुन् । ७४ जनामध्ये पनि रत्ननगर १५ र १६ वडासहित अन्य वडाका पनि छन् ।

अन्य संक्रमित भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका ,कालिका नगरपालिका र माडी नगरपालिका बाहेक बाहिरी जिल्लाका छन् ।

प्रतिक्रिया