काठमाडौंमा थपिए ६०९ संक्रमित, भक्तपुर र ललितपुरमा कति थपिए ?

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

काठमाडौंका ६०९, भक्तपुरका ५१ र ललितपुरका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकामा कुल संक्रमित संख्या १८ हजार ५७४ पुगेको छ । जसमध्ये काठमाडौंका १५ हजार १५५, ललितपुरका एक हजार ७३१ र भक्तपुरका एक हजार ६८८ रहेका छन् ।

बुधबार देशभर थप एक हजार ४९७ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया