कोरियाको प्रख्यात ब्राण्ड स्याङयोङ्ग गाडी खरिद गर्ने ‘कोभिड वारियर्स’लाई विशेष छुटको अफर : कायस्थ


काठमाडौं । दक्षिण एशियाली देशहरु मध्ये नेपाल सवारी आयात हुने प्रमुख देश हो । पछिल्लो समय नेपालमा ब्राण्डेड सवारीहरुको आयात बढ्दो छ । नेपालमा इण्डियन, जापनिज तथा कोरियन सवारीहरुको विक्रि राम्रो छ ।
स्याङयोङ्ग कोरियाको चौंथौ ठूला गाडीहरु उत्पादन गर्ने कम्पनी हो । सन् १९५४ देखि सवारी उत्पादन गर्दै विश्व बजारमा छाउको यस कम्पनीका गाडीहरु आफ्नो आधुनिक स्टाइल अनि उत्कृष्ट प्रदर्शनको लागि परिचित छन् । र, नेपालमा पछि स्याङयोङ्गका उत्पादनहरु सवारी पारखीहरुले रुचाएका छन् ।
पछिल्लो समय विश्वव्यापी भएको कोरोना भाइरसले सबै प्रकार व्यापार व्यवसायलाई असर गरेको अवस्थामा सवारी साधनको विक्रि वितरण पनि उल्लेख्य रुपमा कमी आएको छ । तथापि, केही कम्पनीहरुले नेपालमा आफ्नो बजार संभावना देखेर नेपालमा नै गाडी एसेम्बल गर्न भनी कम्पनी पनि दर्ता गरेका छन् ।
नेपालमा सवारी साधनको अवस्था कस्तो छ ? नेपालमा गाडी एसेम्बल गर्न स्याङयोङ्ग मोटर्सले के तयारी गरिरहेको छ ? लगायतका विषयमा नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवं आइएमएस ग्रुपअन्तर्गतको आइएमएस मोटर्सका सेल्स हेड दिपेश कायस्थसँग मकालु खबरले गरेको कुराकानीको संक्षेपः
कोरोनाको संक्रमण हुनुभन्दा पहिले अटोमोवाइल्सको विक्रि वितरण कस्तो थियो ?
कोरोना संक्रमण हुनु अगाडी नेपालमा अटोमोवाइल्सको विक्रि वितरण राम्रै थियो । सामान्यतयः एक परिवारलाई एउटा चारपाङ्ग्रे सवारी आवश्यक पर्छ भन्ने सोचको विकास भइरहेको थियो । चारपाङ्ग्रे सवारी विलासीका लागि हैन आवश्यकता हो भन्ने थियो । मध्यमवर्गका मानिसहरुपनि अटोलोन मार्फत भएपनि गाडी नै किन्नुपर्छ भन्ने सोचमा थिए । दिनप्रतिदिन व्यापार बढ्दो थियो ।
लकडाउनपछि चैं सवारी साधनको बिक्री वितरणको अवस्था कस्तो छ ?
विश्व नै कोरोना महामारीको चपेटामा परिरहेको बेला नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोना नियन्त्रण रोकथाका लागि सरकारले लगाएको लकडाउनले अटोमोबाइल्स क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । अटोमोबाइल्सको बिक्रीमा कमी आएको छ । अहिले मान्छेहरु गाडीमा पैसा नहालौँ भनेर बसेका छन् । तथापि, दिनहरु सुध्रिएलान् भनेर हामी आशावादी भएर बसेका छौं ।
नेपालमा चारपाङ्ग्रे सवारी चढ्नु पर्छ भन्ने वर्गको कुरा गर्दा कस्ता व्यक्तिहरुको रोजाईमा चारपाङ्ग्रे सवारी पर्ने गरेका छन् ?
आजभन्दा २० वर्ष अगाडी उच्च घरानीया, व्यापारी, उद्योगपति तथा ठूलो पदमा आसिनहरुले मात्र महंगा सवारी चढ्छन् भन्ने सोच थियो । तर, १० वर्ष यताको कुरा गर्दा आम मानिसको जीवनमा चारपाङ्ग्रे सवारी विलासिताको हैन आवश्यक्ताको वस्तु रहेछ भन्ने सोच विकास भइसकेको छ । मोटरसाइकल चढ्नेहरुले पनि अब बैंकबाट अटोलोन लिएर भएपनि कार चढ्नु पर्छ भनेका छन् । पहिले उच्च वर्गहरुले चार पाङ्ग्रे सवारी चढ्थे अहिले मध्यमवर्ग पनि अगाडी आएका छन् ।
चाडपर्व नजिकिँदा पनि कोरोना संक्रमणले त व्यापार डामाडोल नै भयो हैन ?
पक्कैपनि, अहिलेको विषम परिस्थितिमा सबैको ध्यान बाच्ने र बचाउने भन्नेमा केन्द्रीत छ । हामी पनि अवस्था सुध्रन्छकि भनेर बसेका छौं ।
मानिसहरुले लक्जरी र विलासिताका वस्तुमा कम खर्च गरौँ भनेर सोचिरहेका छन् । आटोमोबाइल्स भन्ने मानिसको आधारभूत आवश्यक्तामा पर्दैन । झन ठूला र विलासी सवारीहरु प्राथमिकतामा पर्दैन । तथापि, निराश भइहाल्नु पर्ने अवस्था चैं देख्दिन । व्यापार ठिकै छ । यो चैं होकि कोरोनाको संक्रमण नभएको भए बिक्री राम्रो हुन्थ्यो ।
तपाईको कम्पनीको कुरा गरौं, स्याङयोङ्ग मोटर्स कस्तो ब्राण्ड हो, यो कस्तो वर्गको रोजाइमा पर्छ ?
स्याङयोङ्ग मोटर्स कोरियाको प्रमुख प्रख्यात सवारी उत्पादक कम्पनी हो । यसका सवारीसाधनहरु विश्वमै प्रिमियम ब्राण्डमा पर्दछन् । प्रिमियम ब्राण्ड भएको कारण स्याङयोङ्ग मोटर्स उच्च वर्गको रोजाइमा पर्ने गरेको छ । नेपालमा पनि साधारणतयः उच्च वर्ग नै हाम्रा ग्राहक हुन् ।
स्याङयोङ्ग मोटर्सका विषेशता के के हुन् ?
हाम्रो सवारी डाइरेक्ट कोरियाबाट इम्पोर्ट भएर आउने गर्दछ । स्याङयोङ्ग लक्जरी एसयूभी गाडी हो । मूल्यमा अलिकति बढीजस्तो देखिए पनि बनावट र लक्जरीयसका हिसाबले उत्कृष्ट छ । प्रिमियम सवारी रोज्नेहरुको रोजाइमा पछिल्लो समय स्याङयोङ्ग नै पर्छ । फेरी हाम्रो जस्तो भौगोलिक वनावट भएको देशमा स्याङयोङ्ग उत्कृष्ट सवारी हो । यसको लुक्स, पफरमेन्स, माइलेस, सुरक्षाका फिचर्सहरु सबै उत्कृष्ट छन् । अन्य कम्पनीका एसयुभी भन्दा स्याङयोङ्गका विषेशता फरक र उच्चस्तरीय छन् ।
स्याङयोङ्ग कति वटा भेरियन्ट र कति रेञ्चका सवारीहरु छन् ?
अहिले नेपालमा स्याङयोङ्गका एसयूभीएस, पीकअप ट्रक्स र एमपीभीएस रहेका छन् । जसमा १९०० देखि २१०० सिसि क्षमताका गाडीहरु छन् ।
अलिकति ब्राण्डेड र महंगा सवारीको पार्टसहरु नेपाली बजारमा पाउन सकिन्दैन भनिन्छ नि, स्याङयोङ्ग गाडीका पार्टसहरु नेपाली बजारमा कत्तिको उपलब्ध छ ?
केही लक्जरीयस कम्पनीका सवारीहरुको पार्टस सजिलै नपाइन सकिएला । तर, हामीले हाम्रा ग्राहकलाई आवश्यक पर्ने जेन्युन पार्टसहरु सजिलै उपलब्ध गराउन आफैंले पार्टस शोरुम सञ्चालन गरेका छौं । राजधानीमा नयाँ बजारमा हाम्रो आफ्नै पार्ट शोरुम छ । हाम्रो गाडी गुडेको ठाउँहरुमा सर्भिस सेन्टरहरुसँग टाइअप गरेर पार्टसहरु सजिलै उपलब्ध गराएका छौं । हाम्रो गाडी प्रयोगकर्ताले सहज र सरल रुपमा पार्टस पाइरहेका छन् ।
स्याङयोङ्ग गाडीको मूल्य कस्तो छ ?
हाम्रो गाडीको मूल्य न्यूनतम ६० लाखदेखि १ करोड ५९ लाखसम्मका छन् ।
स्याङयोङ्गका नेपालमा शोरुम कतिवटा छन् ?
अहिले काठमाडौं, पोखरा र बुटवलमा शोरुमहरु छन् । यहि दशैं अगाडी नै नारायणघाटमा नयाँ शोरुम खोल्दै छौं । उपत्यका बाहिर हाम्रा सवारी पुर्याउन योजनाबद्ध काम हरु भइरहेको छ ।
अन्य गाडीभन्दा स्याङयोङ्गको गाडीमा के फरक छ ?
जसले अटोमोबाइल्स बुझेको छ, उसले स्याङयोङ्गका गाडीको बारेमा बुझेको हुन्छ । स्याङयोङ्ग भनेको अति नै बलियो र प्रिमियमनेसहरु भएको गाडी हो । प्रायः स्याङयोङ्ग चढेकाहरुले अरु गाडी त्यत्ति रुचाएको पाउँदैनौं । यसको बाहिरी देखि भित्री बनावट, लुक्स, कलर, माइलेस, पफरमेन्स, सुरक्षाका फिचर्सहरु हेर्दा अन्य गाडीको दाँजोमा उत्कृष्ट छ ।
अहिले इलेक्ट्रिक सवारीप्रति उपभोक्ताको रुचि बढेको छ । नेपाल आफैंपनि विद्युतिय उर्जामा आत्मनिर्भर हुँदै गएको अवस्थामा स्याङयोङ्ग मोटर्सले इलेक्ट्रिक गाडी नेपालमा कहिले भित्र्याउला ?
हामीले पनि अबका दिन भनेको इलेक्ट्रिक गाडी कै दिन हो भनेर सोचेका थियौं । अब इलेक्ट्रिक सवारी ल्याउनपर्छ भनेर काम गरिरहेका थियौं । कोरियामा कोरान्डो भन्ने इलेक्ट्रिक गाडी उत्पादन भइसकेको छ ।
तर, चालू आर्थिक वर्षको बजेटले गर्दा ल्याएर बिक्री गर्ने अवस्था देखिएन । सरकारले इलेक्ट्रिक गाडीमा कर वृद्धि गरेपछि हामीले राम्रो अवसरलाई गुमाउनु परेको छ । बजेटभन्दा अगाडीको कुरा गर्ने हो भने इलेक्ट्रिक गाडी ९० लाखदेखि १ करोडसम्म मूल्य हुन्थ्यो । तर अहिले करिब १ करोड ५० लाखदेखि २ करोडसम्म पर्न जान्छ । सरकारले लगाएको करकै कारण अहिले इलेक्ट्रिक गाडी ल्याएर बेच्न सक्ने अवस्था छैन ।
नेपालमा नै गाडी एसेम्बल गर्ने भनेर कम्पनी दर्ता गर्ने होडबाजी नै छ ? स्याङयोङ्गको के छ तयारी ?
यो राम्रो कुरा हो । नेपालमा नै उत्पादन हुँदा रोजगारी वृद्धिदेखि विभिन्न कुराहरुमा फाइदा हुन्छ । अहिलेको मूल्यभन्दा सस्तो पनि हुन्छ । देशको अर्थतन्त्रमा पनि यसले सकारात्मक असर पर्छ । तर स्याङयोङ्ग लागि यो सम्भव छैन । स्याङयोङ्ग अहिले भारतमा पनि एसेम्बल भएको छैन ।
दशैं तिहारलगायतका चाडपर्व आउँदै छन् ? यस्तो बेला के अफर छ ?
दशैं नै भनेर त अफर आएको छैन । तर अहिले हामीले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ अफर ल्याएका छौं । यस अफर अन्तर्गत ग्राहकहरूले कोरियन लक्जरी एसयूभी, एक्सएलभीमा ३ लाख रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले आफ्ना पुराना सवारी टीभोली अथवा एक्सएलभीसँग एक्सचेन्ज गरे बापत् २ लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु (डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी र सुरक्षाकर्मीहरुलाई थप १ लाख रुपैयाँ डिस्काउन्ट दिइरहेका छौं ।
हाम्रा ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, २५ हजार रुपैयाँ बराबरको निःशुल्क एक्सेसरीज, सात वर्ष सजिलो फाइनान्स सुविधा, तीन बर्ष वारेन्टी र निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ वर्षसम्म) को अफर चलिरहेकोे छ । यसका अलावा चाँडै नै दशैं अफर पनि ल्याउँदै छौं ।
