करिब ६ महिनापछि खुल्याे ताज महल, चिनियाँले लिए पहिलाे दर्शन

नयाँ दिल्ली । लगातार ६ महिनाभन्दा बढी समयसम्म बन्द रहेकाे विश्वप्रसिद्ध ताजमहल पुरा सतर्कताका साथ खुल्ला गरेपछि  पर्यटकको चहलपहल सुरु भएको छ । संख्यागत हिसाबमा कमी भएपनि पर्यटककाे उत्साहमा कुनै कमी थिएन ।

गएकाे साेमबारदेखि खुलेकाे ताजमहलमा प्रवेशकाे अनुमति सूर्याेदयदेखि लिएर सूर्यास्तसम्म रहन्छ तर त्यस दिन बिहान करिब ९ बजेदेखि पर्यटक आउन सुरू भयाे । पर्यटककाे सूचीमा पहिलाे नाम थियाे चीनका ल्यांग चेंगकाे ।

यद्यपी दिनभरमा कयौँ पर्यटकहरु ताजमहलको दृश्यवलोकनका लागि पुगेका थिए ।

विदेशी पर्यटक बाहेक भारतका कयाैँ इलाकाका मानिसहरू पनि ताजमहल पुगेकाे बीबीसीले जनाएकाे छ ।

प्रतिक्रिया