‘सत्तासिनहरु सिंहदरबार र बालुवाटारमा कमिसनको भागबण्डामा व्यस्त छन्’
मकालु खबर
२०७७ असोज ११ गते
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तासिनहरु सिंहदरबार र बालुवाटारमा कमिसनको भागबण्डा आफ्ना आसेपासेलाई कुर्सीको भागबण्डामा व्यस्त रहेको गम्भीर आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेता भट्टाईले यस्तो आरोप लगाएका हुन् ।
‘हजारौं श्रमिकहरू कोरोना महामारीले बेरोजगार बनेर सडकमा छन् । बाँडेको भात आँसुले मुछेर खाइरहेछन् । हेरौं यो भिडियो, श्रमिकको मुक्तिको नाउँमा मागेर सत्तासिन भएकाहरू सिंहदरबार र बालुवाटारमा कमिसनको भागबण्डा, आफ्ना आसेपासेलाई कुर्सीको भागबण्डामा व्यस्त छन् । यिनको आँसुले एकदिन पिर्छ पिर्छ ।’ नेता भट्टराईले लेखेका छन् ।
मकालु खबर
२०७७ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित