तेजाबलगायत तीन अध्यादेश जारी
मकालु खबर
२०७७ असोज १२ गते
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तेजाबलगायत विषयका तीन अध्यादेश आज जारी गरेकी छिन् ।
ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिए ।
मकालु खबर
२०७७ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित