प्रधानसेनापति थापाको पीसीआर परीक्षणको नतिजा नेगेटिभ
मकालु खबर
२०७७ असोज १४ गते
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर परीक्षणको नतिजा नगेटिभ आएको छ ।
प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।
स्वास्थ्य सजगता अपनाउँंदै क्वारेन्टाइनमा बसेका प्रधानसेनापतिको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मकालु खबर
२०७७ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित