उपेन्द्र कोइरालाले लिए वाणिज्य बैंक सञ्चालक समिति सदस्यको सपथ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको सदस्यमा प्रा डा उपेन्द्र कोइरालाले सपथ लिएका छन् । वाणिज्य बैंक सञ्चालक समितिका निमित्त अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले कोइरालालाई सपथ गराएका हुन् ।

कोइरालालाई तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयमार्फत् भदौ ७ गते वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए ।

प्रतिक्रिया