शेयर बजारमा उत्साह, २०.६१ अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको अन्तिम दिन आज शेयर बजारमा उत्साह छाएको छ । साताको पहिलो दिन झिनो अंकले बढेको शेयर बजार ३ दिनदेखि लगातार ओरालो झरे पनि आज उत्साहजनक रुपमा उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज नेप्से परिसूचक २०.६१ अंकले बढेको छ । १.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५७१.०४ अंकमा उक्लिएको छ ।

आज १ सय ९३ कम्पनीका ९९ लाख ३० हजार ८ सय ३० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८० करोड ७७ लाख ८ हजार १ सय ३७ रुपियाँ बराबरको कारोबार भएको छ ।

 

प्रतिक्रिया