३ अर्व रुपैयाँको ३० लाख कित्ता ऋणपत्र  निष्काशन

काठमाडौं । सिद्धार्थ बैङ्क लिमिटेडले असोज १६ गते देखि ३ अर्व रुपैयाँको ३० लाख कित्ता ऋणपत्र  निष्काशन खुला गरेको छ । बैङ्कले प्रति कित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ८.५० प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४ बिक्री खुला गरेको हो । जसमा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउन पाउने छन् ।

बैङ्कले ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र १८ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ ।

लगानीकर्ताहरूले यो ऋणपत्र नेपाल धितो पत्र बोर्डबाट इजाजत पत्र प्राप्त सी-आस्वामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यसको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले पर्याप्त मात्रामा सुरक्षा जनाउने “[ICRANP-IR] A-@” रेटिङ्ग दिएको छ । ऋणपत्र निष्काशन छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गते बन्द हुने बैङ्कले जनाएको छ ।

प्रतिक्रिया