कुमारी बैङ्कको आकर्षक मार्जिन लेन्डिंग कर्जा योजना
काठमाडौं । कुमारी बैङ्क लिमिटेडले नेपाल धितो पत्र विनिमय बजारमा कारोबार हुने शेयर खरिदका लागि सस्तो ब्याजदरमा कुमारी मार्जिन लेन्डिंग योजना सार्वजनिक गरेको छ । बैङ्कले शेयर बजारमा लगानी गर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरूलाई मध्यनजर गर्दै उक्त कर्जा सुविधा ल्याएको हो ।
यस योजना अन्तर्गत शेयर किन्नु अघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको शेयर खरिद पश्चात् सोही शेयर धितोमा रहने प्रावधान रहेको छ ।
साथै, यस कर्जा मार्फत शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकर मार्फत बैङ्कमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिनेछ । उक्त कर्जा योजना हालसम्मकै निकै आकर्षक तथा उपयोगी रहेको बैङ्कले जनाएको छ ।
हाल बजारमा प्रवाह हुने शेयर कर्जाहरूमा शेयर खरिद गर्नु अघि नै धितो आवश्यक रहने गरेको छ ।
साथै, कोभिड १९ को यस विषम परिस्थितिमा सीमित भएको लगानीयोग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको शेयर बजारलाई मध्यनजर गर्दै, उक्त कर्जा योजना ल्याईएकोे हो । ७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्ने छन् । उचित परामर्श, न्यूनतम प्रोसेसिङ्ग फी एवं ७२ घण्टामै कर्जा प्रवाह हुने जस्ता आकर्षक सुविधाहरू दिइने बैङ्कका पदाधिकारीले जनाएका छन् ।
विगत २० वर्षदेखि निरन्तर सेवा दिइरहेको कुमारी बैङ्कले आफ्ना १८१ शाखा सञ्जाल, १३९ एटिएम, २२ शाखारहित बैंकिंग इकाईहरू मार्फत आगामी दिनहरूमा पनि अत्याधुनिक एवं प्रभावकारी बैंकिंग सेवासुविधाहरु दिँदै जाने प्रतिबद्धता जनाएको छ ।