लोक सेवाका स्थगित पदपूर्ति फुकुवा गर्ने सरकारको निर्णय
मकालु खबर
२०७७ असोज १५ गते
काठमाडौँ । सरकारले निजामती सेवाका विभिन्न सेवा र श्रेणीका स्थगित गरिएका सम्पूर्ण पदपूर्ति प्रक्रिया फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका, पदपूर्तिका लागि विज्ञापन आव्हान गर्न बाँकी रहेका र नियमित विज्ञापनको सम्पूर्ण पदपूर्ति सम्बन्धी व्यवस्था फुकुवा गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को कारण देखाउँदै निजामती सेवाको नयाँ पदपूर्तिको प्रक्रिया अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
मकालु खबर
२०७७ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित