मुख्यसचिव वैरागीद्वारा पदभार ग्रहण

काठमाडौँ । मुख्यसचिव शंकर दाश वैरागीले बिहीबार पदभार ग्रहण गरेका छन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव वैरागीले पदभार ग्रहण गरेका हुन् ।

लोक दर्शन रेग्मीले मुख्यसचिवबाट राजीनामा बुझाएसँगै परराष्ट्र सचिव वैरागीलाई बिहीबार बिहान १० बजे बसेको मन्त्रीपरिषद् बैठकले मुख्य सचिवमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया