स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना देखिएपछि खलंगा सिल गरियो
मकालु खबर
२०७७ असोज १६ गते
जुम्ला । जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो ।
चन्दनाथ नगरपालिका अर्थात् सदरमुकाम खलंगाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने, ‘बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म सदरमुकाम खलंगा सिल गरिएको हो ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुपमंगल समालले अस्पतालमा आकस्मिक बाहेक अन्य सेवा बन्द गरिएको बताए । –रासस
मकालु खबर
२०७७ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित