बिशाल ग्रुपकाे म्याद गुज्रेका जंकफुडमा नयाँ म्याद टाँसेर बजारमा, ८ जना पक्राउ
काठमाडौं । बिशाल गु्रपले म्याद गुज्रेका जंक फुडहरुमा नयाँ म्याद टाँसेर बजारमा बेच्ने गरेको तथ्य बाहिर आएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कम्पनीको गोदाममा छापा मारेर म्याद गुज्रिएका जंक फुडहरुमा नयाँ लेबल लगाउन प्रयोग गरिएको मसिनसहित ८ जनालाई पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) र बाणिज्य विभागको टोलीले उनीहरुलाई स्निकर चकलेट, ओरियो विस्कुट,आलुचिप्सलगायतका वस्तुहरुको रिलेवलिङ गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
आयान डिष्ट्रिब्युटर वाफलको २ घर र अमेजन डिष्ट्रिब्युटरको एउटा घर सिलबन्दी गरेको छ । टोलीले ३ गाडि समान पनि बरामद गरेको छ ।
पक्राउ परेका ८ जनालाई दरबारमार्ग प्रहरीमा राखिएको छ । पुनः नयाँ म्याद टास्ने तयारी गरिएका वस्तुहरुको मूल्य करिब एक करोड रुपैयाँ बराबरको रहेको विभागले जनाएको छ ।