ओली-दाहालबीचको वार्ता बालुवाटारमा जारी

२०७७ असोज १६ गते

|नेकपा अध्यक्षद्वय ओली–दाहाल|
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी बैठकमा मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । उनीहरुबीच पटक पटक भेटवार्ता भए पनि सहमति भने जुट्न सकेको छैन ।
पछिल्ला समय मुख्यसचिव तथा राजदूत नियुक्तिमा एकलौटी निर्णय गरेको भन्दै प्रचण्ड थप असन्तुष्टि बनेका छन् ।
उक्त विषयलाई लिएर वरिष्ठ नेता झलनाथ खनालसँगै अन्य नेकपा नेता तथा सांसदहहरुले मनोमानी गरेको भनी आपत्ति जनाएका छन् ।

२०७७ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित