काठमाडाैं महानगरका कुन वडामा कति छन् काेराेना संक्रमित ? (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका ३२ वडाका ९ हजार ३६९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ हजार ९६५ जना निकाे भइसकेका छन् ।

महानगरपालिकाले सार्वजनिक गरेकाे असाेज १४ सम्मकाे तथ्यांक अनुसार काठमाडाैं महानगरभित्र हालसम्म ७६ जनाकाे मृत्यु भइसकेकाे छ । यस्तै होम आइसोलेसनमा २ हजार ८४१ रहेका छन् भने अस्पतालमा ५४७ जना छन् ।

महानगरकाे वडा एकमा मात्रै ११९ जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमित १८२ मध्ये ६२ जना निकाे भएका छन् ।

महानगरकाे वडा १५ मा अत्यधिक ८५८ जनामा संक्रमण पुष्टि भएकाे छ । संक्रमितमध्ये ३५७ जनामा निकाे भइसकेका छन् । ४९७ सक्रिय संक्रमितकाे उपचार भइरहेकाे महानगरले जनाएकाे छ ।

प्रतिक्रिया