एसिड हिंसासम्बन्धीको नयाँ अध्यादेश स्वागतयोग्य : एम्नेस्टी इन्टरनेसनल

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले एसिड हिंसासम्बन्धीको नयाँ अध्यादेश स्वागतयोग्य भएको जनाएको छ ।

शुक्रबार (आज) विज्ञप्ति निकाल्दै एम्नेस्टीले एसिडि हिंसा पीडकहरुलाई कडा कानून बन्नु सकारात्मक भएको बताउँदै यस्तो जनाएको हो ।

यस्तै उसले यस्ता कानूनहरु यथाशिघ्र कार्यान्वयन गर्नुपर्नेसमेत बताएको छ । ‘एउटा राम्रो दिन हो, खासगरी एसिड हिंसासम्बन्धी कानूनी व्यवस्थामा परिवर्तन गर्नका लागि सुरूदेखि नै लड्दै आइरहनुभएका एसिड हिंसापीडितहरूका लागि यो सुखद क्षण हो । उनीहरुको अथक वकालतका कारणले गर्दा नै सरकारले यस मुद्दालाई गम्भीरतका साथ लिएर आवश्यक कदम चालेको हो । अब हामीले यी कानूनहरू प्रभावकारी रूपमा कार्यावन्यन भएको सुनिश्चित गर्नु आवश्यक ।’ एम्नेस्टीका नेपाली निर्देशक निराजन थपलियाले विज्ञप्तिमार्फत् भनेका छन् ।

गत १२ असोजमा राष्ट्रपति विद्या देवी भण्डारीले एसिड हिंसासम्बन्धी मन्त्रिपरिषद्बाट स्वीकृत गरिएका दुईवटा अध्यादेशहरूलाई प्रमाणीकरण गरी कानूनको रूपमा जारी गरेकी छिन् ।

यी नयाँ कानूनले एसिडजन्य अपराधका पीडकलाई कडा सजायको व्यवस्था गरेको छ भने एसिडलगायत अन्य घातक पदार्थहरूको बिक्रिवितरणलाई नियमन गर्नका लागि केही प्रावधानहरूको व्यवस्था गरेको छ ।

प्रतिक्रिया