राजमोको चौंथो राष्ट्रिय सम्मेलन चैतमा
मकालु खबर
२०७७ असोज १६ गते
काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौंथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा हुने भएको छ ।
बिहीबार (हिजो) बसेको जनमोर्चाको केन्द्रीय समितिको बैठकले हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गर्ने निर्णय गरेको महासचिव जनकराज शर्माले जानकारी दिए ।
बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरुको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको छ ।
मकालु खबर
२०७७ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित