फ्रेन्चाइज व्यवसाय गर्दै हुनुहुन्छ, साथी मार्टले ल्याएको छ गज्जबको अफर !
काठमाडौं । नेपालमा फ्रेन्चाइज व्यवसाय सुरु भएको खासै धेरै भएको छैन । कुनैपनि ब्राण्ड र कम्पनीहरुको गुणस्तरीय उत्पादनलाई एकै किसिमको आउटलेट, मार्फत आम उपभोक्ता मार्फत पुर्याउने आधारका रुपमा लिइन्छ । फ्रेन्चाइज व्यवसाय राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरका हुन्छन् ।
कुनैपनि ब्राण्ड, प्रोडक्टलाई ब्राण्डिङ गरेर सर्वसुलभ रुपमा उपभोक्ता माझ पुर्याउनु र विस्वसनीयता कायम गर्नु फ्रेन्चाइज मोडलका विशेषता हुन् । यसमा उपभोक्ताले सर्वसुलभ रुपमा आफुले चाहेको ब्राण्डका सामानहरु एकै छानामुनी पाउन सक्छन् ।
विदेशी ब्राण्डहरुको फ्रेन्चाइज नेपाल आएका एक दशक पुगेपछि अहिले लोकल ब्राण्डहरुलाई समेत फ्रेन्चाइज मोडलमा सञ्चालन गर्न थालिएको छ । खाद्यान्न, लत्ताकपडा, पेय पदार्थ देखि विभिन्न प्रकारका विलाशिताका सामानहरु आजभोली फ्रेन्चाइज मोडलमा विक्रिवितरण हुने गरेको छ । राजधानीमा मात्रै एक दर्जन भन्दा बढि कम्पनीहरुले फ्रेन्चाइज मोडलमा व्यापार विस्तार गर्दै आइरहेको सन्दर्भमा पछिल्लो एक वर्ष यता ग्लोसरी अन्र्तगत फ्रेन्चाइज सुरु गरेको कान्छो कम्पनी हो सफल साथी मार्ट ।
एक वर्षदेखि देशका विभिन्न भागहरुमा फेन्चाइज दिँदै आएको साथी मार्टमा ग्लोसरी, कस्मेटिक्स, खाद्यान्न लगायतका दैनिक उपभोग्यका सामानहरु पाइन्छन् । यसका अलावा स्थानीय तहमा उत्पादित जो साथी मार्टसँग छैनन् ती सामानहरु पनि मार्ट सञ्चालकले विक्रिवितरण गर्न सक्छन् । ‘साथीमार्ट अनलाइन अफलाईन दुवै प्रकारले सञ्चालन गर्न सकिन्छ । निश्चित क्षेत्रमा निश्चित क्षेत्रफल त्यहाँको जनघनत्व हेरेर मात्र हामीले फ्रेन्चाइज दिने गरेका छौं ।’ सफल साथीका सिइओ सागर पोखरेलले भने ।
साथी मार्टमा उपभोक्ताले स्वदेशी तथा विदेशी गुणस्तरीय उपभोग्य वस्तुहरु सर्वसुलभ रेटमा पाउन सक्छन् । परम्परागत रुपमा सञ्चालित पसलहरुमा भन्दा साथी मार्टमा उपलब्ध सामानहरुको मुख्यमा धेरै फरक हुन्छ । ‘हामीले डाइरेक्ट कम्पनीहरुबाट डिलरको मुल्यभन्दा सस्तोमा सामान उठाउने गर्दछौं । डाइरेक्ट कम्पनीबाट सामानहरु ल्याउने हुँदा डिलर अथवा रिटेलरबाट खरिद गरेको भन्दा कम मुल्यमै उपभोक्ताहरुले सामान पाउन सक्नुहुन्छ ।’ पोखरेलको दावी छ ।
कम्पनीले अहिले फ्रेन्चाइज लाई प्राथमिकता दिएको छ । राजधानीमा मात्रै १० वटाभन्दा बढि फ्रेन्चाइज सञ्चालनमा आइसकेको छ । सामान्यतया कसैले कुनैपनि ब्राण्डको फ्रेन्चाइज लिन लाखौं धरौटी बुझाउनु पर्छ । त्यसमाथि विक्रिपछिको मुनाफामा पनि भारी मुल्य तिर्नुपर्छ । साथी मार्टले भने अहिलेका लागि कुनै धरौटीको प्रावधान राखेको छैन । ‘अहिले हामीले देशका विभिन्न शहरहरुमा आफ्नो ब्राण्ड विस्तार गर्ने योजना गरीरहेका छौं । कसैले फ्रेन्चाइज गर्न चाहनुहुन्छ भने तत्कालका लागि धरौटी अथवा रोयल्टी भनेर राखेका छैनौं ।’ पोखरेलले भने ।
साथी मार्टको फ्रेन्चाइज लिनका लागि भने केही शर्तहरु छन् । कसैले साथी मार्टको फ्रेन्चाइज लिनुहुन्छ भने कम्तिमा ३ सय स्क्वायर फिटको कोठा आवश्यक हुन्छ । जनघनत्व बढि भएको स्थान र दैनिक चहलपहल भएको स्थानमा मात्र साथी मार्टले फ्रेन्चाइज दिन्छ । यसका अलावा साथी मार्टले एउटा शाखा र अर्को शाखा तीन किलोमिटर फरकमा मात्र दिन्छ ।
मार्टको लेआउट कम्पनीले तयार गर्न गर्नेछ । त्यसका लागि आवश्यक सामग्रीहरु कम्पनीले उपलब्ध गराउँछ । ‘हामी मार्टमा राख्ने सामानदेखि, मार्ट तयार गर्ने, आउटलेट बनाउने, विलिङ सिष्टमदेखि अनलाइन सिष्टम सबै गरीदिन्छौं । जसले मार्ट चलाउनु हुन्छ उहाँहरुले कोठा हेर्नुपर्यो र आवश्यक जनशक्ति व्यवस्थापन गरेपुग्छ ।’ पोखरेल भन्छन् ।
डिजिटल मार्केटिङ र ब्राण्डिङ
साथी मार्टको फ्रेन्चाइज लिन चाहनेले अनलाईन अफलाइन दुवै लिन सक्छन् । अनलाइन मात्रै गर्छु, अथवा अनलाईन अफलाइन दुवै गर्छु भन्नेले पनि पाउँछन् । कम्पनीले तपाईले चलाउनु भएको मार्टको डिजिटल ब्राण्डिङ आफैं गरिदिन्छ । चाडपर्व तथा विभिन्न अफरहरुमा गर्नुपर्ने प्रचारप्रसारका लागि आवश्यक रणनीति, विज्ञापनहरु तयार गर्ने लगायतका सबै कामहरु कम्पनीले गर्दछ ।
विक्रिपछिको मुनाफा
हरेक कम्पनीले फ्रेन्चाइज दिएपछि विक्रिपछिको निश्चित मुनाफा लिने गर्दछन् । अन्तराष्ट्रिय प्रचलन हेर्दा फ्रेन्चाइजमा मासिक रुपमा विक्रिको तीन देखि ५ प्रतिशत मुनाफा कम्पनीले लिने गरेको छ । तर, साथी मार्टले २ प्रतिशत मात्र मुनाफा लिने गरेको छ । ‘२ प्रतिशत मुनाफा लिएपनि हामीले उहाँहरुलाई दिने काम धेरै हुन्छ । मार्टमा चाहिने सामान उपलब्ध गराउने, डिजिटल मार्केट गर्ने, ब्राण्ड भ्याल्यु बढाउने, ३६५ दिननै कम्पनीको सपोर्ट दिने गर्दछ । मार्ट सञ्चालकले भने मासिक २ देखि आठलाख सम्म मुनाफा लिन सक्ने कम्पनीकाे दावि छ ।
साथी मार्ट फ्रेन्चाइजका फाइदाहरु