प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईलाई पनि कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई पनि कोरोना संक्रमण देखिएको छ। शुक्रबार पिसिआर परीक्षणका लागि स्वाब दिएका उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

भट्टराईले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गर्न अनुरोध गरेका छन्।

यस्तै  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना पोजेपटप देखिएको छ ।

प्रधानमन्त्री निवासमा खटिएका दर्जनबढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि उनीहरू कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।

प्रतिक्रिया