प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईँलाई कोरोना सङ्क्रमण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आइतबार आएको रिपोर्टमा आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको बजगाईँले जानकारी दिएका हुन् ।

बजगाईँले स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नो सम्पर्कमा आएकालाई स्वाब परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

यस्तै, शनिवार प्रधानमन्त्री सचिवालयका चार जना सदस्य र ७६ जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया